भारतीय हस्तक्षेपविरुद्धको प्रदर्शनमा क्रान्तिकारी माओवादीका कार्यकर्ताहरु पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ३१, बुधबार
काठमाडौं – लिपुलेकमा भारतले हस्तक्षेप गरी सडक निर्माणविरुद्ध प्रदर्शन गर्दा नेकपा क्रान्तिकारी (माओवादी) का ४१ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको छ ।
भारतीय हस्तक्षेपविरुद्ध बुधबार दिउँसो माइतीमण्डलमा विरोध प्रदर्शनमा क्रममा माओवादी क्रान्तिकारीका कार्यकर्ताहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य पवनमान श्रेष्ठलगायत ४१ जना नेता तथा कार्यकर्ता छन् ।
पक्राउ परेका सबैलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।
Categorized in राजनीति