STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भाेटेकाेशीमा आएको विनाशकारी बाढीकाे कारण ग्लोबल नेपाली फिल्म अवार्ड कार्यक्रम स्थगित

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ भाद्र १४, आइतबार

नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा १७ डिसेम्बर २०२६ मा आयोजना गर्ने तय भएको नवौं ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६ हालका लागि स्थगित गरिएको जानकारी गराइन्छ।

नेपालमा पछिल्लो समय उत्पन्न भएको अकल्पनीय प्राकृतिक प्रकोपले सिंगो राष्ट्रलाई गहिरो पीडा र शोकमा डुबाएको  यस विपत्तिमा धेरै अमूल्य जीवनहरू गुमेका छन्, धेरै परिवारले आफ्ना आफन्त गुमाएका छन् र देश अझै पनि यस पीडा, दुःख र कठिन परिस्थितिबाट माथि उठ्न संघर्ष गरिरहेको छ भन्दै यस्तो संवेदनशील समयमा नेपाल र नेपाली जनताको पीडाभन्दा ठूलो कुनै उत्सव हुन सक्दैन भन्ने हाम्रो साझा विश्वास हो भनि आयाेजकले भनेका छन् ।

यसै भावनाका साथ, निर्धारित १७ डिसेम्बर २०२६ को नवौं ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना नगरी हालका लागि स्थगित गर्ने निर्णय हामीले गरेका छौं। यो निर्णय विपत्तिको यस घडीमा सिंगो नेपाल राष्ट्र र नेपाली जनतासँग हाम्रो ऐक्यबद्धता प्रकट गर्ने मानवीय र सामाजिक जिम्मेवारीका रूपमा गरिएको हो।

कार्यक्रमको नयाँ मिति सम्बन्धित पक्षहरू, कलाकार, चलचित्रकर्मी, प्रायोजक तथा साझेदार संस्थाहरूसँग आवश्यक परामर्श र समन्वय गरी तय गरिनेछ। नयाँ मिति तथा कार्यक्रमसम्बन्धी सम्पूर्ण जानकारी औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

यस कठिन घडीमा ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं। प्रभावित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हाम्रो ऐक्यबद्धता छ। विपत्तिबाट प्रभावितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि खटिनु भएका सम्पूर्ण व्यक्ति, संस्था तथा सुरक्षाकर्मीहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दछौं भनि आयाेजकले भनेका छन् ।

ग्लोबल नेपाली फिल्म अवार्ड नेपाली चलचित्रको अन्तर्राष्ट्रिय पहिचान र प्रवर्द्धनका लागि निरन्तर समर्पित रहनेछ। परिस्थितिले अनुमति दिएपछि नवौं संस्करण अझ व्यवस्थित, गरिमामय र भव्य रूपमा आयोजना गर्ने  प्रतिबद्धता व्यक्त  गरेका छाैं कृष्ण मल्ल

नेपाल फिल्म सोसाइटी, नेपाल, नवराज श्रेष्ठ , ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका, अरुण श्रेष्ठ भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलिया, र रुपेश भट्टराई भारा इन्टरटेन्मेन्ट, अष्ट्रेलिया ले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Categorized in राष्ट्रिय