relans
ni new 83
nib 2082 5

भुटानलाई बराबरीमा रोक्दै नेपाल फाइनलमा

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र १४, मंगलबार

काठमाडौं - प्रधानमन्त्री थ्रि नेसन्स कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानसँग बराबरीमा खेलेसँगै फाइनलमा पुगेको छ ।

पहिलो हाफमा भुटासँग १ गोलले पछि परेको नेपालले खेलको दोस्रो हाफमा १ गोलको बराबरीमा भुटानलाई रोक्दै फाइनलमा पुग्न सफल भएको हो ।

दोस्रो हाफको खेलको अन्तिम मिनेटमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीले नेपाललाई गोल दिलाएका हुन् ।

भुटानको तर्फबाट खेलको पहिलो हाफको १९ औं मिनेटमा तेञ्जिङ नोर्बुले गोल गरेका थिए भने नेपालका तर्फबाट खेलको ८९ औँ मिनेट ४५ सेकन्डमा निशान खड्काको कर्नरमा अनन्त तामाङको हेडर पासमा दिपक सिंह ठकुरीको गोल गरे ।

भुटानसँग बराबरी खेलेसँगै नेपाल चार खेलमा चार अङ्क जोड्न सफल हुँदै फाइनलमा पुगेको छ । नेपालले यही १७ गते फाइलनका लागि लाओससँग भिड्दैछ ।

Categorized in खेलकुद
ppp 2