STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भूकम्प 

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख २, सोमबार

बाजुरामा बिहानै भूकम्पको धक्का महसुस भएको छ । छिमेकी जिल्ला बझाङको जयपृथीवी केन्द्रबिन्दु बनाएर आज बिहान स्थानीय समयानुसार ४ बजेर २७ मिनेट जाँदा ४।८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौँले जनाएको छ ।
 
भूकम्पले जिल्लामा कुनै क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ । सुतिरहेको समयमा बिहान एक्कासि भूकम्प गएपछि बजारवासी त्रसित बनेका थिए ।
Categorized in अपराध-दुर्घटना