STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भोलिबाट सबै सार्वजनिक यातायात सञ्चालन हुने

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण ४, आइतबार

काठमाडौं - लकडाउनपछि सरकारले निर्णय गरी सार्वजनिक यातायात चलाउन भने पनि चलाउन शर्तहरु अघि सारिरहेका यातायात व्यवसायीहरुले सोमबारदेखि  यातायात सञ्चालन गर्न तयार भएका छन् । मौद्रिक नीतिले उनीहरुको अधिकांश माग सम्बोधन गरेपछि यातायात व्यवसायीहरु गाडी चलाउन सहमत भएका हुन् । सरकारले असार २६ गते नै छोटो दुरीको सवारी चलाउन दिने निर्णय गरेको थियाे । तर विभिन्न शर्तहरु अघि सारी व्यवसायीहरु मानेका थिएनन् । आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गरी यातायात सञ्चालन गर्ने बताएका छन् ।
Categorized in राष्ट्रिय