STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भोलिसम्मलाई प्रतिनिधिसभा बैठक स्थगित

Janjati Khabar – Janjati Khabar | २०८२ जेठ १४, बुधबार

काठमाडौं - प्रतिनिधिसभा बैठक भोलि बिहान ११ बजेसम्मलाई स्थगित गरिएको छ ।

गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलको अवरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको बैठक सूचना टाँस गरेर भोलिसम्मलाई सारिएको हो । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा बटमलाइन बनाएका छन् ।

विपक्षको अवरोधपछि सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकहरूसँग छलफल गरेका थिए । तर, दुवै पक्ष आफ्नो अडानबाट टसमस भएनन् । बिहीबार बजेट ल्याउनुपर्ने भएकाले सरकार पनि दबाबमा छ ।

तर, विपक्षी दलले गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानबिन आयोगसम्मको माग गरेका छन् । उनीहरूले अब प्रधानमन्त्रीले यो प्रकरणमा जवाफ र गृहमन्त्रीको राजीनामा नआएसम्म ब्याक नहुने अडान राखेका छन् ।

Categorized in राजनीति