STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका सिडिओ निलम्बनमा

Janjati Khabar – Janjati Khabar | २०८० श्रावण ७, आइतबार

काठमाडौं- भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका छन्। तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेपछि खतिवडा निलम्बनमा परेका हुन्।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको जानकारी दिएका छन्। खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाउने निर्णय भने भइनसकेको शर्माले बताएका छन्। खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका थिए।

खोटाङका प्रजिअ खतिवडाविरुद्ध ‘भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रजिअ खतिवडा निलम्बनमा पर्नु भएको छ’, उनले भने, ‘अहिले उहाँको स्थानमा अर्को व्यक्ति पठाउने निर्णय भइसकेको छैन।’ शर्माका अनुसार अर्को प्रजिअ नपठाउन्जेललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने छन्।

खतिवडाले तत्कालीन सिद्धिचरण नगरपालिकामा कार्यरत रहँदा उक्त नगरपालिकाको वडा नम्बर १ मा विद्युतीकरणका लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।

खतिवडासँगै विद्युत प्राधिकरण, ओखलढुंगा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, वडा नम्बर १० का तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इन्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए।

आर्थिक वर्ष २०७५र०७६ मा सिद्धिचरण नगरपालिकाको वडा नं। १० मा विद्युतीकरणको कार्यको लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवं निर्माण आयोजनामा भ्रष्टाचार भएको जनाएको छ

Categorized in अपराध-दुर्घटना