STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मंसिर १ गते नेपाल संवत्‌को न्हूदँ मनाइने

Janjati Khabar – जनजातिखबर संवाददाता | २०७७ कार्तिक १६, आइतबार

काठमाडौं – नेपाल संवत् ११४१ को नववर्ष आउँदो मंसिर १ गते सोमबार मनाइने भएको छ ।

आज आइतबार दिउँसो बसेको नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ को आयोजना र नेवाः देय् दबूको संयोजनमा नेपालभाषा मंकाः खलः काठमाडौं, नेपालभाषा मंकाः खलः ललितपुर, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान नेपाल र न्हूदँ समारोह समिति ललितपुरको संंयुक्त बैठकले नववर्ष मंसिर १ गते मनाउन सम्पूर्ण नेपालीमा सार्वजनिक अपिलसमेत जारी गरेको छ ।

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का अध्यक्ष रमेश महर्जनको अध्यक्षतामा बसेको बैठकमा नरेश ताम्राकार, रमेशमान पिया, ऋषिप्रसाद श्रेष्ठ,  सुरेन्द्र वज्राचार्य, श्यामकृष्ण मानन्धरलगायत नेवार अगुवा मल्ल के. सुन्दर, डा. चुन्दा वज्राचार्य, डा. पुष्पराज राजकर्णिकार, नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष सुरजवीर वज्राचार्य, वरिष्ठक संचारकर्मी सुरेशकिरण मानन्धरलगायतको सहभागिता थियो ।

बैठकपछि जारी संयुक्त अपिलमा नेपाल संवत् आन्दोलनका प्रवर्तक स्वर्गीय पद्मरत्न तुलाधरको योगदानको कदर गर्दै नेपाल संवत्लाई उत्सवको रुपमा मात्र नभएर सांस्कृतिक आन्दोलनको रुपमा अघि बढाइने जनाइएको छ ।

साथै, राज्यले नेपाल संवत्लाई राष्ट्रिय संवत्को मानयता दिइ पनि अझै पनि सरकारी कामकाजमा नेपाल संवत्लाई प्रयोगमा नल्याइरहेको विषयमा आपत्ति पनि जनाइएको छ ।

अपिलमा कोरोना महामारीको कारण नववर्षको उपलक्ष्यमा देशव्यापी हुने सांस्कृतिक ¥याली तथा सभा, समारोह भिडभाड नगरी मनाउन पनि अनुरोध गरिएको छ । 

यसैगरी तिहारको समय हुने तिथिमितिको गडबडीको सम्बन्धमा अरु कसैले कुनै पनि विज्ञप्ति वा सुचना निकालेर पुनः तिथिमिति नखल्याउन अनुरोध समेत गरिएको अपिलमा उल्लेख छ ।

 

Categorized in राष्ट्रिय