STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ८, आइतबार

अपी हिमाल गाउँपालिकाको– ५ मकरीगाडदेखि वडानम्बर ४ को सिद्ध मकरिकोट खुट्किला पदमार्ग । कुल आठ हजार २०० खुट्किला निर्माण हुने सिद्ध मकरीकोट खुट्कीला पदमार्ग निर्माण तीन वर्षभित्र सकिने छ । गाउँपालिकाले खुट्किला निर्माणमा हालसम्म ४५ लाख रुपैयाँ खर्च गरेको छ भने वित्तीय सामानीकरणअन्तर्गत चालू वर्षमा रु एक करोड ११ लाख खुट्किला निर्माणका लागि टेण्डर भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि दुई घण्टा उकालो पदयात्रा गर्न खुट्किला निर्माण गरिन लागेको हो । खुट्किला निर्माणपछि पर्यटक भित्र्याउन सजिलो हुने बताइएको छ । खुट्किला निर्माणसँगै ¥यालींग तथा पार्कहरु निर्माण गर्ने लक्ष्य छ । खुट्कीला चढेपछि मकरीकोटमा रहेको मकरीकोट देवलको दर्शन गरिनुको साथै भ्युटवारमार्फत अपी नाम्पा हिमालको दर्शन गर्न सकिने गुरुयोजना बनाइएको छ ।
Categorized in राष्ट्रिय