मगरले मनाए टुँडीखेलमा ‘माघे सकराती’
Janjati Khabar – जनजाति खबर | २०७६ माघ १, बुधबार
नेपाल विविधतामा एकताले युक्त मुलुक भएको उल्लेख गर्दै उहाँले शान्ति, सद्भाव तथा भ्रातृत्वलाई प्रवद्र्धन गर्न थप एकताबद्ध भएर काम गर्नुपर्ने बताउनुभयो । मगर र थारु समुदायले एकै स्थानमा माघे सकराती र माघी पर्व मनाएर एकताको सन्देश दिएको उहाँको भनाइ थियो ।
“हामीले एउटै नारा, उद्देश्य र लक्ष्यलाई बोक्न सक्नुपर्दछ, त्यो भनेको समृद्ध नेपाल हो”, उपराष्ट्रपतिले भन्नुभयो, “आगामी दिनमा पनि सबै समुदाय एकताबद्ध भएर सबै चाडपर्वको संरक्षण, संवद्र्धन र विकास गर्न सक्नुपर्छ ।” महोत्सव दुई दिनसम्म चल्नेछ ।
यसरी मनाउँछन् मगर समुदायले माघे सङ्क्रान्ति
नेपालको सबै जिल्लामा मगर जातिको बसोबास रहे पनि मगर समुदायभित्र पनि सांस्कृतिक, भाषिक र सामाजिक विविधता पाइन्छ । मौलिक संस्कृतिको रूपमा मगरले माघे सकराती, भूम्यापूजा, वैशाख पूर्णिमा, साउने सकराती आदि चाडपर्व सबैले मनाउनेगर्दछन् भने भाषिक रूपले मगरले बाह्र मगरात ९मगर ढुट०, अठार मगरात ९मगर खाम÷पाङ० र मगर काइके बोल्ने गर्दछन् ।
मौलिक कला–संस्कृतिका हिसाबले मगर मा हुर्रा, सोरठी, कौडा, मारुनी, पैँस्यारु, टप्पा, घाँटु, यानीमाया आदि नाचगान प्रचलित छन् । माघे सकराती चाड विशेषतः चेली तिहारकोे रूपमा मनाइन्छ ।
नयाँ यामको शुरुआत आजकै दिनदेखि उभौली शुरु भई साउने सकरातीमा समापन भई सोही दिनदेखि उधौली शुरु हुने प्रचलन छ । यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी सबैले बिहानको पहिलो प्रहरमा मूल र धारालाई जमरा र पाटीले सजाउने साथै नुहाइधुवाइ गरेर महिलाले मूलको पानी र जमरास्वरूप जौको पात लिएर घरको ‘धुरी खाँबो’मा पूजा गर्ने गर्छन् ।
आजका दिन छोरीचेलीलाई माइतीका तर्फबाट दाजुभाइले पूजा गर्छन् । चामलको सेतो टीका र जौको फूल लगाई दक्षिणा अनि आशिर्वाद दिने प्रचलन छ । छोरीचेलीलाई गिठ्ठा, भ्याकुर, पिडालु, तरुल, रोटीसहितको परिकार मिसिएको ‘मिस्रा’ दिने गरिन्छ । घरमा आएका चेलीलाई घरमै र आउन नसकेका छोरीचेलीलाई उनीहरु कै घर–घरमा पठाइदिने गरिन्छ । मिस्रा भनेको तरुल, गिठ्ठा, भ्याकुरको परिकारहरु, भुजौरी, खिचडी, घिउ मिश्रित परिकार हो । यस चाडमा मौलिकरूपले भैलो खेल्ने, पुतली नाच्ने, सिस्नो खेल्ने, पिङ खेल्ने आदि गरिन्छ ।
सांस्कृतिक हिसाबले यस चाडदेखि कौडा नाचको शुरुआत गर्ने र मादल, बाजाहरु चर्को आवाज निकाल्ने बाजागाजा बन्द गर्ने गरिन्छ । यसै दिनदेखि बेँसीबाट लेकतिर बसाइँ सर्ने गरिन्छ ।
Categorized in राष्ट्रिय


