STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मगर एकता दिवस फागुन मनाइने

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण ११, आइतबार

काठमाडौं । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवलमा ३८ औं मगर एकता दिवस साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ । दिवसकै अवसर पारेर समितिले शुक्रबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । त्यस्तै शनिबार बुटवल सुख्खानगरस्थित संघका कार्यालयमा रक्तदान कार्यक्रम राखिएको छ । यसैगरी फागुन ११ गते भोजनदान राखिएको छ । अन्तर्राष्ट्रिय वुद्ध परियति उदय विहार तिलोत्तमा डिंगरनगरमा राखिएको हो । मूल समारोह समितिको कार्यक्रम फागुन १५ गते बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा हुनेछ । कार्यक्रमअघि बसपार्कबाट र्‍याली सुरु हुने अध्यक्ष थर्कबहादुर बारघरे मगरले जानकारी दिए । उनले दिवसलाई मगर लगायत सिंगो राष्ट्रको पहिचान र समृद्धिका लागि एक आन्दोलनकै रुपमा मनाउन लागेको जानकारी दिए । समितिका सचिव हेमन्त बुढाथोकीले राज्यका हरेक संरचनामा पूर्ण समावेशी सिद्धान्त लागू हुनुपर्ने बताए । प्रदेश पाँचलाई मगरात प्रदेश नामाकरण, मगर भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा प्रयोग, विद्यालयका मगर भाषामा शिक्षाको व्यवस्था लागू हुनुपर्ने समितिको माग छ । समितिका उपाध्यक्ष बसन्ती साठीघरेले मौलिक र सांस्कृतिक पर्वहरुमा राज्यले सार्वजनिक विदाको व्यवस्था गनुपर्ने बताइन् ।

साभार अनलाइनखबर

Categorized in राष्ट्रिय