मदन भण्डारी फाउण्डेशन गठन
Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख ३, मंगलबार
बैतडीमा मदन भण्डारी फाउण्डेशनको जिल्ला कमिटी गठन गरिएको छ । चक्र कार्कीको अध्यक्षतामा गठन गरिएको २७ सदस्यीय कमिटीको सचिवमा सन्तोषप्रकाश जोशी, कोषाध्यक्षमा सरस्वती नेपाली तथा अन्य सदस्यहरु रहेका छन् ।
फाउण्डेसनले आगामी दिनमा स्व नेता मदन भण्डारीका विचार गाउँगाउँसम्म पु¥याउने तथा अन्य विभिन्न कार्यक्रम गर्ने बताइएको छ । फाउण्डेशनको जिल्ला कमिटीले आगामी जेठ ३ गते स्व नेता भण्डारीको स्मृति दिवसको अवसरमा भलिबल प्रतियोगिता गरी दिवस भव्यताका साथ मनाउने निर्णय गरेको कमिटीका कोषाध्यक्ष सरस्वती नेपालीले बताउनुभयो ।
Categorized in राष्ट्रिय


