STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मन्त्री किरातीको स्पष्टीकरण : म सबै धर्म मान्नेको अभिभावक हुँ

Janjati Khabar – Janjati Khabar | २०८० पौष ५, बिहिबार

काठमाडौं- आफ्नो भाषण विवादित बनेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री  सुदन किरातीले आफू सबै धर्म मान्नेको अभिभावक भएको स्पष्टीकरण दिएका छन् । 

बुधबार काठमाडौं उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टियन महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले गरेको भाषण विवादित बनेपछि उनले आज सामाजिक सञ्जालमार्फत ‘सबै धर्मको सम्मान गर्नुपर्ने’ बताएका हुन् । 

मन्त्री किरातीले हिजो भाषण गर्ने क्रममा भनेका थिए, ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो । संविधान मान्दिन भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यस्तालाई हतकडी लगाएर जेलमा हाल्नुपर्छ ।’ 

आज उनले आफ्नो अभिव्यक्तिले बहस सिर्जना गरेको भन्दै बहसमा सहभागी सबैलाई धन्यवाद भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘संविधानलाई पालना गर्दै भातृत्व र सहिष्णुता कायम गरौँ । अतिवादलाई परास्त गर्दै राष्ट्रिय एकता कायम गरौँ भन्ने मेरो जोड हो ।’

उनले आफूलाई विभिन्न समयमा विभिन्न प्रकारका धार्मिक आरोप लागेको भन्दै त्यसलाई आफूले सामान्य रुपमा लिएको अभिव्यक्ति दिएका छन् ।

‘भन्नलाई त मलाई पशुपतिनाथ सफा गर्दा हिन्दु भने, बौद्ध दर्शनको वकालत गर्दा बुद्धिस्ट भने, मुस्लिमको कार्यक्रममा जाँदा मुस्लिम भने, क्रिश्चियनको कार्यक्रममा जाँदा क्रिश्चियन भने,’ उनले भनेका छन्, ‘फेरि पनि भन्छु, अहिले म सबैको अभिभावक हुँ। त्यसैले सबै अस्तित्वको समान गर्छु र सबैले गरौँ । अन्तमा अर्काको अस्तित्वलाई स्वीकार गर्नु भनेको आफ्नो अस्तित्व सम्मानित हुनु हो ।’ 

Categorized in राजनीति