मन्त्री चढेको गाडी तोडफोड • कांग्रेसका नेता–कार्यकर्ता पक्राउ
Janjati Khabar – Janjati Khabar | २०७७ आश्विन १९, सोमबार
काठमाडाैं – प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहारी तोडफोड गरेकोे आरोपमा नेपाली कांग्रेसका ९ जना नेता तथा कार्यकर्ता पक्राउमा परेका छन् ।
आइतबार काठमाडौं फर्किरहेक मुख्यमन्त्री पोखरेल चढेको गाडीमा ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरुलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको जनाइएको छ ।
नेपाली कांग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाणले आफ्नो पार्टीका ६ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएका छन् । उनकाअनुसार कांग्रेस रुपन्देही जिल्ला समिति सदस्य तथा प्रदेशसभा सदस्यका उमेदवार विष्णु पोखरेल, नेविसंघ केन्द्रीय उपसभापति मुक्ति पौडेल, तिलोत्तमा कांग्रेस सभापति हरिलाल पाण्डे, तिलोत्तमा कांग्रेसका सचिव शिव गैरे, तरुण दलका प्रकाश गैरे, तिलोत्तमा उद्योग वाणिज्य संघका ज्ञानेन्द्रबहादुर कार्की पक्राउ परेका हुन् । प्रहरीले भने ९ जनालाई पक्राउ गरिएको जनाएको छ ।
मुख्यमन्त्रीलाई लक्षित गरेर ढुंगा प्रहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सचिव खाँणले भने सिद्दार्थ कटेजमा बसेर आन्दोलनको समिक्षा गरिरहेका बेला नेता कार्यकर्तालाई पक्राउ गरिएको अरोप लगाएका छन् ।
उनीहरुले प्रहार गरेको ढुंगा मुख्यमन्त्री पोखरेल सवार गाडीमा लागेको प्रहरीले जनाएको छ । गाडीमा ढुंगा प्रहार गर्न थालिएपछि प्रहरीले हवाई फाईर समेत गरेको थियो । प्रदेश ५ को राजधानी दाङ प्रस्ताव गरेको विराधमा नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरेको छ । सोही कार्यक्रमअनुसार आइतबार सो पार्टीले रुपन्देही बन्द समेत गरेको थियो ।
Categorized in राजनीति

