मयुरबर्ण महाबिहार भिन्छेबहालबाट हराएको मुर्ति फर्काइयो
Janjati Khabar – विजयरत्न असंबरे | २०७८ चैत्र २६, शनिबार
ललितपुर स्थित मयुरबर्ण महाबिहार भिन्छेबहालबाट बि सं २०३८ सालमा चोरिएको मुर्ति अमेरिकाबाट फिर्ता भइ पुरातत्व बिभाग संग प्रकृया पुर्ण गरि छाउनिस्थित राष्ट्रिय सङ्ग्रहालयबाट सुरक्षित रुपमा भिन्छेबहालमै फर्काइएको छ । सो हराएको मुर्ति बि सं २०५६ मै अमेरिकाबाट ल्याइएको थियो । सङ्ग्रहालय प्रमुख जयराम श्रेस्ठका अनुसार लामो समयदेखि ललितपुरको मयुरबर्ण महाबिहार भिन्छे बहालका सम्बन्धित पक्षबाट खोजिनिति भएतापनि भेट्टाउन सकिरहेको थिएन । र राष्ट्रिय संग्रहालय मा रहेको थाहा पाए पछि पुनर्स्थापनाको लागी निबेदन गरिएको थियो ।
मयुरबर्ण महाबिहार सुधार समितिका अध्यक्ष सुरेन्द्र बज्राचार्य बताउनु भए अनुसार ८/९ औं शताब्दिको उक्त बोधिसत्वको मुर्ति बन्धुदत्त आचार्यका छोरीका सन्ततिहरुले स्थापना गरेको इतिहास रहेको कुरा देखिन्छ । बोधिसत्वको उक्त मुर्ति चोरी पछि उक्त स्थानमा त्यसैको प्रतिरुप अर्को मुर्ति स्थापना गरिएको थियो ।
ललितपुर महानगरपालिकाका उपमेयर गिता सत्याल , ललितपुर महानगरपालिका वडा नं ७ का वडाअध्यक्ष कुलबहादुर महर्जन लगायत जनप्रतिनिधिहरु तथा मयुर बर्ण महाबिहारका स्थानिय बासिन्दाहरुको उपस्थितिमा आज एक समारोहका बीच छाउनिस्थित राष्ट्रिय सङ्ग्राहालयका प्रमुख जयराम श्रेष्ठले हस्तान्तरण गर्नु भएको थियो ।
यस अघि बज्रबाराहिबाट हराएको मुर्ति र नक्साल स्थित पद्मपाणि मुर्ति पनि सम्बन्धित पक्षलाई हस्तान्तरण गरिसकेको कुरा सङ्र्ग्राहलय अधिकृत सुभाष कृष्ण डंगोलले बताउनु भयो । साथै अझै पनि हराएर भेट्टाइएका दर्जनौं मुर्ति , तुंडाल लगायत सम्पदाहरु संग्ग्राहालयमा रहेका छन । यसमा सम्बन्धित पक्षले तदारुकता देखाउनु जरुरि रहेको राय धेरैले व्यक्त गरेका छन् ।
Categorized in उपत्यका

