मयूरको नक्कली प्वाँख लगाएका काग बाहिरिए : शिक्षामन्त्री श्रेष्ठ
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार
काठमाडाैं – नेकपा ओली समूहका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले नेकपाको प्रचण्ड–नेपाल समूहलाई मयूरको नक्कली प्वाँख लगाएका कागको संज्ञा दिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै शिक्षामन्त्रीसमेत रहेका नेता श्रेष्ठले प्रचण्ड–नेपाल समूहलाई मयूरको प्वाँख लगाएका कागको संज्ञा दिएका हुन् ।
‘मयूरको नक्कली प्वाँख लगाएका कागहरू आज बाहिर गएका छन् ,’ उनले भने, ‘ सक्कली नेकपा हामी हौँ । नक्कली जति बाहिर गइसकेका छन् ।’
उनले पहेँलो देखिने धातु सबै सुन नहुने पनि बताए । ‘पहेँलो धातु सबै सुन हुँदैन ,’ उनले भने, ‘ नक्कली पित्तलहरू बाहिरएका छन् । सक्कली सुन तपाईं/हामी यहीँ छौँ ।’
उनले प्रचण्ड–नेपाल समूह फुटेका सीसाका टुक्रा भएको बताए । ‘सक्कली हीराका टुक्रा हामी हौँ,’ श्रेष्ठले भने, ‘सिसाका टुक्राहरू फुटेर गए ।
Categorized in राजनीति

