महानगरको अभियानमा आफ्नाे साथ र समर्थन छ : उपमेयर सुनिता डंगोल
Janjati Khabar – Janjati Khabar | २०७९ भाद्र १२, आइतबार
काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् ।
मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयर डंगाेलकाे अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि स्पष्टीकरण दिँदै उनले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नाे साथ, सहयोग र समर्थन रहेको प्रष्ट पारेकी हुन् ।
सामाजिक सञ्जालमार्फत आफ्नाे स्पष्टीकरण सार्वजनिक गर्दै डंगाेलले अतिक्रमण हटाउने महानगरकाे अभियानमा आफ्नाे असहयाेग रहेकाे भनेर विभिन्न मिडियामा प्रकाशित समाचारमा सत्यता नरहेकाे बताएकी छन् । स्याल कराउनु र कुखुरा हराउनु एकै पटक भने झै जनताले अाशंका गर्नु र उपमेयर डंगाेल पनि अनधिकृत संरचनाहरू हटाउने अभियानमा नदेखिनु संयाेग भएकाे छ ।
हुन पनि उनी यसअघि उपत्यकाकाे फाेहाेर व्यवस्थापनका लागि दैनिक सिसडाेल जानेदेखि लिएर अन्य महानगरका कार्यक्रममासँगै देखिन्थे यस अभियानमा नदेखिदा दलीय प्रभाव परेकाे हाे कि भन्ने धेरैलाइ लागेकाे थियाे ।
Categorized in उपत्यका

