महानगरमा लिफ्ट जडानको हुँदै
Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १२, बिहिबार
ललितपुर महानगरपालिकाले आफ्नै कार्यकक्षको सुविधा बढाउन जडान गरिरहेको लिफ्ट उचाल्ने यन्त्र को काम ७५ प्रतिशत सम्पन्न भएको छ । सो कार्यालय भित्रिने विदेशी पाहुना, कार्यालयका कर्मचारी, यहाँ उपस्थित फरक क्षमता भएका व्यक्ति, असक्त, वृद्धवृद्धा र सेवाग्राहीलाई ध्यानमा राखी महानगरले लिफ्ट जडानको काम अघि बढाएको हो ।
महानगरपालिका र आरएमएस इन्टरनेशनल कम्पनीबीच लिफ्ट जडानको पहिलो सम्झौता विसं २०७५ फागुन २१ गते भई २०७६ असार १५ सम्ममा सम्पन्न गर्ने लक्ष्य थियो तर तोकिएको समयावधिमा काम भने पूरा गर्न सकेका छैनन् । कार्यालयमा बिहान १० देखि साँझ ५ बजेसम्म सेवाग्राही उपस्थित हुन्छन् । उहाँहरुलाई ध्यानमा राखी पर्नसक्ने उच्च जोखिम हटाउने उद्देश्यका साथ पूरै दिन निरन्तर काम गर्न नपाएको आरएमएस इन्टरनेशनलका व्यवस्थापक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
“हामीलाई बिहान र बेलुका मात्र काम गर्नुपर्ने बाध्यता छ । हामीले असार १५ अगावै दोस्रोपटक भदौ मसान्तसम्मका लागि सो लिफ्ट जडानको पुनःसमय थप गरेका छाँै”, घिमिरेले भन्नुभयो, “लामो समय दिउँसो काम गर्न नपाएकाले लिफ्ट जडानमा ढिलाइ भएको हो ।” निरन्तर तीनै समय एकैनास सो काम गर्न पाएको भए अलिअघि नै काम सम्पन्न गर्न सफल हुने उहाँले जानकारी दिनुभयो ।
लिफ्टमा केही बाँकी फलाम जडान र बाहिरभित्र दुवैतिर देखिने सीसा ९टफन ग्लास० हाल्न १५ दिन लाग्ने घिमिरेले बताउँदै थप्नुभयो, “भदौ मसान्तअगावै बाँकी रहेको २५ प्रतिशत काम सम्पन्न गर्नेछाँै ।”
सो लिफ्ट महानगरपालिकाको चारै तलामा सहजताका साथ पुग्ने बताइएको छ । हाल निर्माण हुँदै गरेको लिफ्टमा एकैपटक १५ जना बस्न मिल्नेछ । लिफ्टको क्षमता एक हजार किलोग्राम हुनेछ । महानगरपालिकाले लिफ्ट जडानका लागि इन्टरनेशनल कम्पनीसँग बसेर आकस्मिक र भ्याटसहित रु एक करोड आठ लाख लागत लाग्ने अनुमान गरेको थियो ।
Categorized in राष्ट्रिय