महानगरले विदेशी पाहुना आमन्त्रण गरी इन्द्रजात्रा मनाउने
Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १, आइतबार
काठमाडौं - काठमाडौं महानगरपालिकामा २०७९ को इन्द्रजात्रा विदेशी पाहुना आमन्त्रण गरी मनाइने भएको छ । आइतबार बसेको काठमाडौं महानगरपालिकाको छैटौँ नगरसभा बैठकमा प्रमुख बालेन शाहले यस्तो प्रस्ताव गरेका हुन् ।
नगरसभा सदस्यले उक्त प्रस्ताव स्वीकार गरेका हुन् । ‘हाम्रा विदेशी भगिनी सम्बन्ध भएका सिस्टर सिटिजका प्रमुख, उपप्रमुख लगायतका पाहुनालाई आमन्त्रण गरी इन्द्रजात्रा मनाउने सन्दर्भमा प्रस्ताव पेस गर्छु’, सभामा बोल्दै बालेनले भने ।
Categorized in उपत्यका

