महाबौद्धका ५ ब्यापारीमा संक्रमण • ३ वटा पसल सिल
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १२, सोमबार
काठमाडाैं - काठमाडौंको व्यस्त बजार महाबौद्ध क्षेत्रमा ५ जना ब्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै ३ वटा पसल सिल गरिएको छ ।
उक्त क्षेत्रमा पसल सञ्चालन गर्दै आएका ५ ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियाे ।
गाणेश मन्दिर क्षेत्रमा सूचना टाँसेर संक्रमितको सम्पर्कमा आएका ब्यक्तिहरुलाई स्वास्थ्य परीक्षण गर्न भनिएको छ । गणेश मन्दिर क्षेत्रमा पसल सञ्चालन गर्दै आएका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
लकडाउन खुकुलो भएसंगै कोरोना संक्रमण समुदायमा फैलन सक्ने आशंका गरिएको छ ।
Categorized in उपत्यका