STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला पत्रकार महर्जनको सगरमाथा आरोहणको कीर्तिमान

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १२, आइतबार

महिला पत्रकार कल्पना महर्जनले विश्वको सर्वोच्च शिखर सगरमाथाको उत्तरी मोहोडाबाट २३ मे २०१९ २०७६ जेठ ९ गते बिहीबार बिहान १० बजेर २० मिनेटमा सफल आरोहण गर्नुभएको छ ।
 उहाँले नेपालतर्फ रहेको दक्षिण मोहोडाबाट गतवर्ष सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।
 उत्तरतर्फको मोहोडाबाट सफल आरोहण गरेसँगै दुवै मोहोडाबाट सगरमाथा शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको कीर्तिमानी राख्न महर्जन सफल हुनुभएको छ ।
शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार महर्जनले चीनको ल्हासातर्फबाट २०७५ चैत २८ गते आरोहण प्रारम्भ गर्नु भएको र ४३औँ दिनमा सगरमाथाको दोस्रो पटक सफलतापूर्वक चुम्न सफल हुनुभएको एक्पेरियन्स आउटडोर्स नेपाल प्रालिका प्रबन्ध निर्देशक रवीन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
  ललितपुर महानगरपालिका स्थापनाको १००औँ वर्षगाँठ र वाङ्मय शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको १००औँ जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीरअङ्कित झण्डा सगरमाथाको शिखरमा फहराउन सफल हुनुभएको छ ।
Categorized in राष्ट्रिय