STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला फुटबल–विराटनगर सेमिफाइनलमा

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

राजधानीमा जारी अन्तर नगरपालिका उपमेयर कप महिला फुटबल प्रतियोगितामा विराटनगर महानगरपालिका, विदुर नगरपालिकालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल एपिएफ को मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा विराटनगरले विदुर नगरपालिकालाई ३–२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । यो खेलसँगै उक्त प्रतियोगिताको सेमिफाइनल समीकरणसमेत पूरा भएको छ । विराटनगरसँगै चौदण्डीगढी, वालिङ र बाह्रबिसे नगरपालिका सेमिफाइनलमा पुगेका छन् । विराटनगरको जितमा राष्ट्रिय टोलीका सदस्य रेखा पौडेल, इमा राई र सावित्री मगरले एक÷एक गोल गर्नुभयो । पराजित विदुरका लागि भने अनु लामा र तारा थिङले एक÷एक गोल फर्काउनुभयो । जितसँगै समूह डीबाट तीन खेल खेलेको विराटनगरले तीनै खेलमा अपराजित रहँदै शीर्ष नौ अङ्क जोडेको छ । यता पराजित विदुर नगरपालिका छ अङ्क जोड्दै प्रतियोगिताबाट बाहिरियो । भोलिदेखि हुने सेमिफाइनल खेलमा विराटनगरले चौदण्डीगढी नगरपालिकाको सामना गर्नेछ । यस्तै अर्को सेमिफाइनलमा वालिङ र बाह्रबिसे नगरपालिकाबीच खेल हुनेछ । अखिल नेपाल फुटबल सङ्घ एन्फा को महिला समितिद्धारा आयोजित उक्त प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछ ।
Categorized in राष्ट्रिय