STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ मङ्सिर १३, शनिबार

राष्ट्रिय  आदिवासी जनजाति महिला महासंघको आयोजनामा आदिबासी जनजाति महिला हिंसा विरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम हालै  सम्पन्न भएको छ ।

कोभिड–१९ को महामारीको दौरान आदिबासी जनजाति महिलामाथि भएका हिंसाका विषयलाई लिएर “लैङिगक हिंसा अन्त्यको प्रतिबद्धताः व्यक्ति,समाज र सबैको ऐक्यबद्धता” नाराका साथ शुक्रबार नयाँ बानेश्वरको अल्फा हाउसमा महासंघले परामर्श कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघका सल्लाहकार यशोकान्ती भट्टचन र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले  कार्यपत्र प्रस्तुति गरेका थिए ।

हिंसामा परेका महिलाहरुलाई उत्थान गर्न सरकारले बिभिन्न कार्यक्रम संचालनमा ल्याएको कार्यक्रमका प्रमुख अथिति, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव यामकुमारी खतिवडाले बताए । साथै हिंसाको शिकारमा पर्न नदिन सरकारले उद्यमशिलता , वित्तिय पहुँच, स्वास्थ सेवा, तालिम लगाएत सचेतना मुलक कार्यक्रमहरु गरेको र निरन्तरता दिन प्रतिबद्ध रहेको पनि सचिव खतिवडाले बताए ।

कार्यपत्र प्रस्तुत गर्दै कोरोना भाईरस  महामारीका कारण लकडाउन भएपछि सो लकडाउनको बेला महिलामाथि विभिन्न क्षेत्रमा दुव्र्यवहार, घरेलु तथा अन्य बिभिन्न प्रकारका संरचनागत हिंसा भएको महासंघका सल्लाहकार भट्टचनले बताए । हिंसा रहित समाज निर्माणका लागी स्थानिय तह देखि राष्ट्रिय स्तरसम्म सम्पुर्ण संघ संस्था, नागरिक समाज, सरकारी निकाय बिचको सहकार्य आबश्यक रहेको पनी उनले बताए ।

राष्ट्रिय  आदिवासी जनजाति महिला महासंघको उपाध्यक्ष छिङ चिप्पा ल्होमीको अध्यक्षता सम्पन्न कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ, आदिवासी जनजाति युवा संघ, आदिबासी जनजाति चलचित्र महासंघ, आदिबासी जनजाति महिला अपाङ्ग संघ, महिला कानुनि सचेतना समुह, राष्ट्रिय  आदिवासी महिला मञ्च , संस्थापक सदस्यहरु, पूर्व पदाकारीहरु, संघिय परिषदका सदस्य एवम् महिला महासंघमा आबद्घ जातिए संस्थाका प्रतिनीधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रम समापनको क्रममा उपस्थिति सम्पूर्णलाई धन्यवाद दिदै महिला हिंसाको विरुद्धमा सबै पक्ष एबम् निकाय एकजुट भएर प्रतिबद्धताका साथ अगाडि बढ्न पर्ने महासंघका उपाध्यक्ष छिङ चिप्पा ल्होमीले बताए ।

Categorized in राष्ट्रिय