मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिनेछ : रामबहादुर थापा
Janjati Khabar – Janjati Khabar | २०७७ माघ २३, शुक्रबार
काठमाडाैं – नेकपाको ओली समूहका नेता रामबहादुर थापा बादलले मांसाहारी आन्दोलन गर्नेलाई चिडियाखानामा राखिने बताएका छन् ।
बादलले भने, ‘मांसाहारी आन्दोलले नेतृत्वलाई अपदस्थ गर्ने घोषणा गरेकाहरूलाई संविधानले त्यसलाई अपराध घोषणा गरेको र त्यस्तालाई जवालाखेलको चिडियाखानामा राखिनेछ ।’
उनले अहिलेको असाधारण परिस्थिति निर्माण हुनुमा राष्ट्रपति, प्रधानमन्त्री र पार्टी अध्यक्षलाई अपदस्थ गर्ने प्रयास भएको बताएका छन् ।
नेकपाको ओलीले राजधानीमा आयोजित सभामा बोल्दै बादलले अर्को समूहका नेता प्रचण्ड र माधव नेपाल समूहसँग संकेत गर्दै राजनीतिक सत्ता र नेतृत्व परिवर्तन गर्न खोजेको बताएका हुन् ।
बादलले भने, ‘आजको असाधारण परिस्थिति सिर्जना हुनुको पछाडि राजनीतिक सत्ता र नेतृत्वको प्रश्नसँग जोडिएको बताएका छन् । प्रधानमन्त्री, पार्टीको प्रमुख अर्थात अध्यक्ष र राष्ट्रको प्रमुख राष्ट्रपतिसँग जोडिएका हुन्छ । अहिलेको असाधारण परिस्थिति नेतृत्वलाई अपदस्थ गर्ने षडयन्त्रसँग जोडिएको छ ।’
राष्ट्रिय स्वाधीनताका लागि एकजुट भएको बताएका छन् । समाजवादको पक्षमा आन्दोलित भएको पनि बताएका छन् । प्रतिगामी तत्वले नेतृत्व हटाउन विभिन्न भ्रमको खेती गरिरहेको पनि बताए ।
Categorized in राजनीति

