relans
ni new 83
nib 2082 5

माइतीघरमा गर्ने भनिएको जेनजीको प्रदर्शन स्थगित

Janjati Khabar – Janjati Khabar | २०८२ आश्विन २३, बिहिबार

काठमाडौं - जेनजी आन्दोलनसँग सम्बन्धित एउटा समूह NTEK–Z ले भोलि राजधानीको माइतीघरमा गर्ने भनिएको शान्तिपूर्ण प्रदर्शन स्थगित भएको छ।

संस्थाका केन्द्रीय पदाधिकारीहरुको बुधबार बसेको बैठकले आन्दोलनमा अराजक तत्वहरू प्रवेश गर्न सक्ने र अप्रिय घटना हुन सक्ने आशंकाका कारण भोलिको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको जनाइएको छ ।

बैठकपछि सो समूहले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, 'विभिन्न किसिमका अराजक तत्वहरूले आन्दोलनलाई विथोल्ने र अप्रिय घटना निम्त्याउने देखिएको हुनाले हामी NTEK–Z का केन्द्रीय पदाधिकारीहरूले २३ गते हुने आन्दोलनलाई हालको परिस्थितिका कारण स्थगित गर्ने निर्णय गरेका छौं।'

संस्थाका अध्यक्ष प्रज्वल लामा, प्रवक्ता प्रदीप भट्टराई, संयोजक सुरेन्द्र घर्ति र सदस्य सुनिल सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी शान्तिपूर्ण आन्दोलनको नयाँ मिति छिट्टै सार्वजनिक गरिने उल्लेख छ।

554218006_1138010295142968_5554020026519147198_n_penVstH6DX.jpg

Categorized in राष्ट्रिय
ppp 2