STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माओवादीले प्रकाशन गर्‍यो १७४२ मतदाताको नामावली

Janjati Khabar – Janjati Khabar | २०७८ पौष १७, शनिबार

१७ पुस, काठमाडौं -नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

शनिबार दिउँसो निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेको छ । महाधिवेशन आयोजनास्थल कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा समितिले १७४२ जना महाधिवेशन प्रतिनिधिको नाम प्रकाशन गरेको हो ।

शनिबार दिउँसो बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भव भएसम्म सहमतिमा र नभए निर्वाचनमार्फत केन्द्रीय सदस्य र पदाधिकारी चयन गर्ने बताएका थिए ।

Categorized in राजनीति