relans
ni new 83
nib 2082 5

माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी

Janjati Khabar – Janjati Khabar | २०८१ माघ २५, शुक्रबार

काठमाडौं - नेपाल एलपी ग्यास उद्योग संघले पत्रकार सम्मेलन गर्दै १९ बुँदे मागसहित सरकारलाई ज्ञापन पत्र बुझाएको छ । उक्त माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिइएको छ।

नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग पूरा नगरे सम्पूर्ण ग्यास उद्योग बन्द गर्ने चेतावनी दिएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष शिवप्रसाद घिमिरेले ग्यासको कोटा र सिलिन्डर खरिद रुजु, विभिन्न नीतिगत संशोधन लगायतका मागहरू सहित सरकारलाई ज्ञापन पत्र बुझाएको जानकारी दिए।

२०८१ फागुन १२ गते सोमबार देखि नेपालका लागि लोड भएर आयका कुनै पनि ग्याँस बुलेटहरू कुनै पनि भन्सार नाका बाट नछुटाउने, १८ गते आइतबार देखि सबै नेपालका ५९ उद्योगहरू जायज मागहरू सम्बोधन नभएमा अनिश्चित कालिन बन्द गर्ने  जानकारी दिए ।

Categorized in बिजनेस
ppp 2