STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता

Janjati Khabar – जनजाति खबर | २०७६ फाल्गुण २१, बुधबार

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन । सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रमो पनि उच्च सतर्कता अपनाइएको हो । कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताउनुभयो । जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको थियो । आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ । उक्त सामान प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताउनुभयो । आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार चीनमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाममा सहयोग पु¥याउन सिनो हाइड्रोले उच्च सकर्तकता अपनाउन मेडिकल सामान किनेर ल्याएको हो । अहिले सबैले मास्क लगाएर काम गर्ने गरेका छन् । आयोजनाका अनुसार कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकीको अवस्था देखिएको छैन । आयोजनामा काम गर्ने कम्पनी तथा यसका सहायक कम्पनीले कोरोना भाइरसका विषयमा गहिरो गरी अध्ययन गर्ने, यसबाट मुक्ति पाउनका लागि कर्मचारीले सुरक्षात्मक उपाय अवलम्बन गर्ने, स्वस्थ आनीबानीमा ध्यान दिने, जिम्मेवार तहबाटै सबै आवश्यकीय विषय कार्यान्वयन गर्ने र कोरोना भाइरस छिर्नै नदिने उपाय अवलम्बन गरिएको बताइएको छ । आयोजनामा हाल ४० चिनियाँ कर्मचारी र १०० बढी नेपाली कर्मचारी छन् । डिसेम्बर अन्तिमतिर चीन गएका चिनियाँ कर्मचारीहरू चीनमा कोरोना फैलिएपछि उतै रोकिएका छन् । कोरोना बढी मात्रामा फैलिएको हुवेइ प्रान्त बाहिरका उनीहरु कोरोनाका कारण आउन नसकेको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक भने बैठक बसेर चीन गई पुनः फर्किनुभएको छ । उहाँ काठमाडौँको कार्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेर आयोजनाको कार्यालयमा आउनुभएको हो ।
Categorized in राष्ट्रिय