relans
ni new 83
nib 2082 5

माधव नेपाललाई पार्टीमा कुनै स्थान छैन : ओली

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण १६, शनिबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन् ।

शनिबार काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले बामपन्थीको सरकार ढालेर देउवालाई विश्वासको मत दिएको भन्दै यस्तो बताएका हुन् ।

माधव नेपालसहित फ्लोर क्रस गर्ने एमालेका सांसदहरूलाई पनि पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो । 'माधव नेपालजस्ता आन्दोलनविरोधीहरूलाई पार्टीमा कुनै ठाउँ छैन,' ओलीले भने ।

आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने तर दक्षिणपन्थी सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्नेलाई पार्टीमा ठाउँ नभएको उनको भनाइ थियो । ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने,' ओलीले भने, 'त्यस्ताका लागि ठाउँ छैन ।’

पार्टीको सरकारविरुद्ध कुठाराघात भएको तथा अभियानले गम्भीर रूपमा ब्रेक लागेको ओलीको भनाइ थियो ।

Categorized in राजनीति
ppp 2