STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

माधव नेपाललाई भेट्न पुगे प्रचण्ड र नारायणकाजी

Janjati Khabar – Janjati Khabar | २०८० फाल्गुण २१, सोमबार

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वर पुगेका छन्।

सत्ता गठबन्धन फेरिएपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेपाल निवास कोटेश्वर पुगेका हुन्।

नेपाल बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहेका छन्। नयाँ सत्ता समीकरण बनेसँगै एकीकृत समाजवादीले पर्ख र हेरको नीति लिएको छ।

आजै प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका सहित सबै मन्त्रीहरूलाई बिदा गरेर नयाँ मन्त्रिपरिषद् गठन गरेका छन्।

Categorized in राजनीति