STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानतवातावादी कर्ममा चलचित्र कलाकार संघको एक्यबद्धता

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ आषाढ ९, बुधबार

नेपाल चलचित्र कलाकार संघका सल्लाहकार,निर्माता,अभिनेता,राजनीतिक कर्मी श्री मदुकुमार श्रेष्ठबाट कोभिड माहामारी को समयमा कोविड १९ मा अस्पताल मा जान नपाउने दिनदुखि का लागि आफ्नो नीजि गाडीलाई अक्सिजन  सहित् को "एम्बुलेन्स “ बनाई सेवा प्रदान गर्नु भएकोमा  नेपाल चलचित्र कलाकार संघले खुशी व्यक्त गरेको छ ।

उहाँले  घर घरमा डाक्टर लगेर "निःशुल्क स्वास्थ्य सेवा"  ,औषधि खरिद गर्न नसक्नेलाई औषधी तथा नगद ,पोषिलो खाना, राहतमा नगद तथा खाद्य सामाग्री बितरण  कार्य गर्नु भएको थियो भने  महामारीको बखत एक ब्यक्ति देखि अर्को डराउने अवस्था मा पनि आफै घर घर छिरेर स्वास्थ्य जाँचको  व्यवस्था  मिलाइदिने जोखिमपूर्ण सेवा आफै अग्रसर भएर धादिङ्ग जिल्लामा गर्दै आउनु भएकोमा उहाँको सत्कर्मलाई नमन गर्दै  यो महान कार्यमा  कलाकार संघले  एक्यबद्धता प्रकट गरेको छ ।
यो मानवतावादी सेवा  अभियानका लागि नेपाल चलचित्र कलाकार संघ केन्द्रीय कार्यालयको तर्फबाट २०,०००।-(बीस हजार) रुपिंया  ,नेपाल चलचित्र कलाकार संघ यु के शाखाको तर्फबाट  ५५५५।-(पाचहजार पाचसय पचपन्न)  रुपिंया  गरी पचीसहजार पाँचसय पचपन्न प्रदान गरेको  कुरा संघका अध्यक्ष रबिन्द्र खड्का ले बताएको   छ ।
 त्यस्तैगरी नर्भिक अस्पतालमा उपचाररत अभिनेत्री निशा घिमिरेका लागि स्वदेशमा र विदेशमा रहेका कलाकार तथा शुभचिन्तकहरूले सहयोग प्राप्त हुने क्रम जारी छ भने यसै क्रममा नेपाल चलचित्र कलाकार संघको समन्वयमा संघकी बरिष्ठ उपाध्यक्ष रेजिना उप्रेती मार्फत हाल अमेरिका बाल्टिमोरमा रहनुभएकी नायिका अरुणिमा लम्साल र कलाकार राधा सर्मा लम्साल (भाबु ) ले   १५०००।-(पन्ध्र हज़ार) रुपिंया , चितवन घर भई हाल बेलायत निबाशी सफल  व्यबशायी  परशुराम पाण्डे बाट  १००००।-(दश हजार) रुपिंया
गजुरी माईतिघर भई हाल काठमाडौँ निवासी रन्जना उप्रेती सिलवालबाट  २००५।-(दुईहजार पाँच) रुपिंया
गरी  जम्मा  २७००५।-(सत्ताईसहजार पाँच )   रुपिंया प्राप्त भएको  कुरा संघले जनाएको   छ।

Categorized in सिनेमा