relans
ni new 83
nib 2082 5

मानवता र मायाको सन्देश बोकेको ‘मायाको मफलर’ सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८३ आषाढ २८, आइतबार

मानवता, स्वीकार्यता र निस्वार्थ प्रेमको भाव बोकेको म्युजिक भिडियो ‘मायाको मफलर’   हालै सार्वजनिक गरिएको छ। सोलमन प्रोडक्सनको प्रस्तुति रहेको यस म्युजिक भिडियोले सामान्य देखिने साना–साना दयालु व्यवहारले पनि कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने सन्देश दिएको छ।

गीतमा अमृत शर्माको शब्द, पुस्तक प्रसादको संगीत तथा दिनेश गौतमको स्वर रहेको छ। संगीत संयोजन एस.के. बच्चाले गरेका हुन् भने रेकर्डिङ तथा मिक्सिङ कुमार के.सी.ले फिल स्टुडियोमा गरेका छन्।

म्युजिक भिडियोको निर्देशन अशोक भुजेलले गरेका हुन्। मनिता सुन्दास र विनायक पन्तको कथा रहेको भिडियोमा नविन गुरुङको छायांकन, बूमा खत्रीको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ। आर्चर पन्त कार्यकारी निर्माता रहेका छन् भने रोशनी कार्की विशेष भूमिकामा देखिएकी छन्।

भिडियोमा अशोक भुजेल, मनिता सुन्दास, आयुष आचार्य, विनायक पन्त, श्रीजना भुजेल, राज भुजेल, अभिषेक शाह, प्रतीक्षा भुसाल, विक्की शाह र बैजु बावराको अभिनय रहेको छ।

सोलमन प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको ‘मायाको मफलर’को पोस्ट–प्रोडक्सन द डान्फेसले गरेको हो।

निर्माण टिमले यस परियोजनामा साथ दिने सम्पूर्ण कलाकार, प्राविधिक, प्रायोजक, सहयोगी, परिवार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै नेपाली संगीत र स्वतन्त्र चलचित्र निर्माणलाई निरन्तर साथ दिन दर्शक तथा श्रोतासँग आग्रह गरेको छ।

Categorized in साहित्य-कला
ppp 2