STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मानसरोवर पर्यटकलाई चिकित्सा टोली

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १५, बुधबार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ । मानसरोवर जाने  पर्यटकको चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो ।  
लेक लाग्ने कारण पर्यटक बिरामी पर्न सक्ने भएकाले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा विशेषज्ञ चिकित्सक डा सूर्यमान लिम्बूको नेतृत्वमा चार जनाको टोलीलाई अस्पतालले बिदाइ ग¥यो ।  टोलीमा डा अविजित मिश्र, स्टाफ नर्स सावित्री केसी र अहेव नन्द खत्री हुनुहुन्छ । “भारतीय पर्यटकको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकारले चिकित्सकको टोली पठाइदिन पत्राचार गरेको थियो,’ रजिष्ट्रार विश्वराज काफ्लेले भन्नुभयो, “पत्रअनुसार चार महीनासम्म बस्ने गरी टोली खटाइसकेका छौँ ।” 
Categorized in राष्ट्रिय