STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

"मायालु तिमीलाई"मा छल्किएको सन्देश र अन्जुको प्रेम (भिडियो सहित)

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ जेठ २, आइतबार

नेपालको संगीत क्षेत्रमा अहिले दिन दिनै नयाँ म्युजिक भिडियोहरु प्रकाशमा आउने क्रम जारी छ भने यसै क्रममा मनछुने प्रेमिल गीत "मायालु तिमीलाई"को भिडियो सार्बजानिक भएको छ । निमा शेर्पाको स्वरमा रहेको गीतको आकर्षक भिडियो राइजिंग स्म्युल ग्रुप  युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो।  

गीतको आकर्षक भिडियोमा  सन्देश श्रेष्ठ र  अन्जु चौलागाईं को अभिनय रहेको छ ।  जि डि तामाङ्ग को शब्द तथा संगीत रहेको गीतलाई  प्रदिप श्रेष्ठ ले एरेन्ज गरेका हुन् ।  

दिपेन बस्न्यात को छायांकन रहेको यस गीतमा   बिकास दाहाल ले भिडियोमा ड्रोन अपरेट गरेका हुन । सुरेन शाही ठकुरीको मेकअप रहेको भिडियोलाई चलचित्र निर्देशक जीतेन्द्र राजोपाध्याय ले निर्देशन तथा सम्पादन गरेका हुन।  

गरिमा तामाङ्ग (क्रियटर/संस्थापक), नबीन पाख्रिन (संस्थापक), छिरिङ्ग तामाङ्ग (लीडर) निर्माता रहनुभएको भिडियोलाई आकर्षक  बनाउने प्रयास गरिएको भन्दै निर्देशक राजोपाध्यायले दर्शकको मन जित्ने कुरामा आफु बिस्वस्त रहेको विचार व्यक्त गर्नु भयो ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला

Categorized in साहित्य-कला