मास्क नलगाउने ३ लाख ९५ हजार जना पक्राउ
Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण २६, सोमबार
काठमाडौं – कोरोना भाईरस(कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम मास्क प्रयोग नगर्ने ३ लाख ९५ हजार जना पक्राउ परेका छन् ।
गृह मन्त्रालयले आईतबार एक विज्ञप्ति जारी गरी स्वास्थ्य सुरक्षा नअपनाउनेमाथि कारबाही गरिएकाे जनाएकाे छ ।
यसैगरी अनुमती बिना काठमाडौँ प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारी साधन र १९ हजार ४ सय यात्रुलाई नाकाबाटै फिर्ता गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
तोकिएको निर्देशन विपरीत चलाउने १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन होल्ड गरिएको तथा जोर विजोर प्रणाली विपरीत चलाउने ५ हजार ३ सय सवारी साधन नियन्त्रण र होल्डिङमा राखी कारबाही गरिएको जनाएको छ ।
कारबाही गर्ने क्रम निरन्तर चलिरहेको जनाउँदै मन्त्रालयले कोरोना रोकथामका लागि आगामी दिनमा सबैलाई सहयोग गर्न आग्रह गरेको छ ।
Categorized in राष्ट्रिय