STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिचिएको भूमि फिर्ता ल्याउन सङ्कल्प प्रस्ताव दर्ता

Janjati Khabar – जनजाति खबर | २०७६ माघ २२, बुधबार

सुदूरपश्चिम प्रदेशसभा सचिवालयमा भारतले मिचेको नेपालको भूमि कालापानी फिर्ता गराउन माग गर्दै मङ्गलबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सदस्य कर्णबहादुर मल्ल प्रस्तावक, भरतबहादुर खड्का र टेकबहादुर रैका समर्थक रहेको सङ्कल्प प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिनुभयो । भारतले नेपालको सुदूरपश्चिम प्रदेशको लिम्पियाधुरा कालापानीलाई आफ्नो नक्सामा समावेश गरेको तथ्यप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै उक्त सङ्कल्प प्रस्तावमा भूमि फिर्ता गराई राष्ट्रिय अखण्डता जोगाउन सङ्कल्प प्रस्तावलाई पारित गरी केन्द्र सरकार र प्रदेश सरकारले मिचिएको भूमि भारतीय नक्साबाट हटाउन पहल गरोस् भन्ने माग गरिएको छ ।
Categorized in राष्ट्रिय