STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिडिया आलोचनात्मक हुनुपर्दछः मन्त्री गिरी

Janjati Khabar – जनजाति खबर | २०७६ बैशाख १३, शुक्रबार

प्रदेश नं ५ का उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री लीला गिरीले मिडिया आलोचनात्मक हुनुपर्ने बताउनुभएको छ । भैरहवा क्षेत्रको पहिलो सामुदायिक रेडियो रुपन्देही एफएम १०२ मेघाहर्जको छैठांै साधरणसभामा उहाँले भन्नुभयो, “नागरिकलाई सचेत गराउने, जागरण सिर्जना गर्ने, जनपक्षीय सामाजिक, राजनीतिक तथा आर्थिक आन्दोलनलाई सफल पार्ने कार्यमा मिडियाको महत्वपूर्ण भूमिका हुन्छ, सिङ्गो मुलुकलाई नोक्सान नपुग्ने गरी सही र गलत छुट्याएर आलोचना गर्ने काम मिडियाले गर्नुपर्दछ ।” मन्त्री गिरीले राजनीतिक दल र त्यसका नेतृत्वले कमजोरी गर्छन् भन्ने खोतल्नुपर्दछ तर नियोजित ढङ्गले सरकारलाई नै असफल पार्ने तरिकाले मिडिया पनि चल्नु हुदैंन भन्दै जनताको सूचना, समाचार र मनोरञ्जनको सशक्त साधन रेडियो भएको बताउनुभयो । रेडियो व्यवस्थापन समितिका अध्यक्ष डा रामप्रसाद बस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, संविधानसभाका पूर्व सदस्य आदित्य नारयण कसौधन र सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले मिडिया क्षेत्रको संरक्षण र सम्बद्र्धनका लागि नेपालको संविधानले पर्याप्त व्यवस्था गरेकाले त्यसको सदुपयोग गर्न सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।  
Categorized in राष्ट्रिय