STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिडिया कप फुटसलको उपाधि प्रेस सङ्गठनलाई

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १५, शुक्रबार

नेपाल पत्रकार महासङ्घको ६४औंँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको ‘मिडिया कप फुटसल प्रतियोगिता २०७५’ को उपाधि प्रेस सङ्गठन नेपालले जितेको छ । आज यहाँ भएको फाइनल खेलमा नेपाल प्रेस युनियनलाई ६ –१ को गोल अन्तरले हराउँदै प्रेस सङ्गठनले उपाधि जितेको महासङ्घका सचिव तथा फुटसल प्रतियोगिताका संयोजक प्रकाश थापाले बताउनुभयो । विजेता र उपविजेता टिमलाई महासङ्घका अध्यक्ष गोविन्द आचार्यले ट्रफी र मेडल हस्तान्तरण गर्नुभएको थियो । प्रतियोगितामा विजेता समूह प्रेस सङ्गठनले १० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले प्रेस युनियनले सात हजार नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै तेस्रो स्थान हासिल गर्न सफल इमेज च्यानलले पाँच हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा १३ गोल गर्दै उच्च गोल कर्ता प्रेस सङ्गठन नेपालका खेलाडी दिपेन्द्र गुरुङ् वेस्ट स्कोरर र वेस्ट प्लेयर नेपाल प्रेस युनियनका खेलाडी निशान राई हुनु भएको छ । बिहीबारदेखि शुरु भएको फुटसल प्रतियोगितामा सञ्चार क्षेत्रसँग सम्बन्धी विभिन्न एघार सङ्घ संस्थाका टोलीले भाग लिएका थिए । प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति ९ए०, नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति ९बी०, सूचना विभाग, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखा ९ए०, नेपाल पत्रकार महासङ्घ काठमाडौँं शाखा ९बी०, इमेज च्यानल, नेपाल टेलिभिजन, नेपाल प्रेस युनियन, प्रेस सङ्गठन नेपाल र नेपाल पत्रकार मञ्चलगायतले भाग लिएका थिए ।
Categorized in खेलकुद