STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल

Janjati Khabar – जनजाति खबर | २०७६ पौष १७, बिहिबार

मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो । खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई ९सख्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र मुसहरको त यो खास पर्व नै भएको हुँदा यी जाति समुदाय केही साता पहिले नै ‘तिलासक्रायत’ का लागि सामानको जोहो गर्न लाग्छन् । “परव ९पर्व० आई त हाल्यो हजुर, बस् अब १०÷११ दिन त हो”, महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको थरौटी बस्तीका करिब ७० वर्षीय सर्जुग खाँ थारुले पर्वका लागि ल्याइएको खसी देखाउँदै भन्नुभयो, “छोरीचेली÷ज्वाँइचेला, भाञ्जाभाञ्जी र नातिनातिना सबै बोलाइन्छन्, सामानको जोहो त गर्नै प¥यो नि १” मिथिलाका अन्य जाति समुदायमा यस पर्वका लागि साकाहारी परिकारकै चलन रहे पनि थारु, दनुवार, मुसहर र बाँतर समुदायमा भने आ–आफ्नो परम्पराअनुसार खसी, कुखुरा, हाँस र सुँगुरको मासु खाने÷खुवाउने परम्परा छ । आउनै लागेको तिलासक्रायत ९यता थारुले पनि तिलासक्रायत नै भन्छन्० पर्वको तयारी अन्य बस्तीमा भन्दा थरौटी ९थारु बस्ती० मा विशेष देखिँदो छ । थारुले पर्वका लागि खसी, कुखुरा र हाँसको जोहो गरिसकेका छन् । मासुको जोहोबाहेक तिल, चिउरा र मुरी एवं नानीहरुलाई नयाँ लुगाको प्रबन्ध गर्नुपर्ने परम्पराले यो पर्व आफ्नो समुदायका लागि खास र अलि खर्चिलो हुने गरेको रायको भनाइ छ । “बरस ९बर्ष० दिनको परब ९पर्व० हो हजुर, यसपाली हाम्रो बस्तीका ३० घरलाइ दुई वटा सुँगुर ठिक पारिएका छन्”, जिल्लाको बलवा नगरपालिकाको भगवतीपुर मुसहरीका अगुवा उत्तिम सादा मुसहरले भन्नुभयो, “हुनेखानेलाइ त के भयो र हजुर, हामी गरिबले भने पहिले नै परबको जोहो गर्नुपर्छ ।” पर्व नजिकिँदै गर्दा मिथिलाका बस्तीमा तिल कुट्ने, केलाउने र छाँट्ने व्यस्तता बढेको छ । त्यसैगरी मुरी ९एक प्रकारको चामल भुटेर बनाइने भुजा०बनाउने र चिउरा कुट्ने चटारो देखिन्छ । पर्वका लागि बजारमा तिल, चिउरा र मुरी अहिलेदेखि नै भरिभराउ देखिएका छन् । मिथिलामा तिलासक्रायत ९माघेसङ्क्रान्ति०पर्वमा बनाइने तिल, चिउरा र मुरीका लाई जाडो यामभरि खाजा खाने चलनले गर्दा आफ्नो गच्छेअनुसार सबैले बढी बनाउने गरेका छन् । यसबाहेक पर्वको समान छोरीचेली र मितकहाँ सनेस ९कोसेली० पठाउने अनिवार्य जस्तै परम्पराले यो पर्वको तयारी मिथिलाका लागि खास बन्ने गरेको हो । अहिले पछिल्लो चार दिनयता पुसमध्येसम्म ९गत सोमबार, पुस १४०को बाक्लो हुस्सु र चिसो बतास हराउँदै गएर पारिलो घाम लाग्न थालेपछि पर्वको तयारी सहज भएको छ ।
Categorized in राष्ट्रिय