STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ पौष ११, शुक्रबार

फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फोहर बोकेर पासाङल्हामु मार्ग हँुदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ३३८ नंको मिनीट्रक दुर्घटना हुँदा नाम खुल्न बाँकी रहेका चालक र धादिङको गल्छी गाउँपालिका घर भएका अन्दाजी ३० वर्षीय सहचालक कमल लामाको मृत्यु भएको प्रहरी चौकी तिनपिप्लेका प्रहरी नायब निरीक्षक रेशम थापामगरले जानकारी दिनुभयो । उहाँका अनुसार अनियन्त्रित भएर सडकबाट करीब २० मिटर तल पुगेको मिनीट्रकमा दुर्घटनापछि च्यापिएर उनीहरुको मृत्यु भएको हो । ज्यान गुमाएका चालकलाई च्यापिएको स्थानबाट निकाल्न दुर्घटनामा परेको मिनीट्रक नै हटाउनुपर्ने भएकाले स्काभेटर मगाइएको ककनी गाउँपालिकाका उपाध्यक्ष सीता खतिवडा लामाले जानकारी दिनुभयो ।
Categorized in अपराध-दुर्घटना