STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिसेस् नेपाल वर्ल्डको तयारी तीव्र

Janjati Khabar – विजयरत्न असंबरे | २०८० श्रावण २६, शुक्रबार

विवाहित महिलाहरुको सौन्दर्य र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिँदै आएको  नारीको सबैभन्दा ठूलो सौन्दर्य प्रतियोगिता मिसेस् नेपाल वर्ल्ड यस वर्ष पनि हुने भएको छ।

रिबन इन्टरटेनमेन्टको आयोजनामा हुने मिसेस् नेपाल वर्ल्डको यो वर्षको प्रतियोगिताका लागि आवेदन खुला गरिएको आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्। उनका अनुसार यस वर्ष पनि मिसेस् नेपाल वर्ल्डको विजेताले अमेरिकामा हुने मिसेस् वर्ल्डमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गर्नेछिन्।

मिसेस् नेपाल वर्ल्डसँगै सोही स्टेजमा मिसेस् नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधि विजेता पनि चयन गरिने समेत उनले जानकारी गराए।

यी तीनै उपाधिको प्रतियोगिताका लागि आगामी भाद्र १६ गते नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा अडिसन हुने आयोजकले जनाएका छन् । 

प्रतियोगिताका लागि आवेदन खल्ती एपबाट भर्न सकिनेछ भने आयोजक संस्थाको शंखमूलस्थित कार्यालय तथा नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलबाट पनि आवेदन प्राप्त गर्न सकिनेछ। आयोजक संस्थाका अनुसार मिसेस नेपाल वर्ल्डको विजेतालाई आगामी २०२३ को अन्तिममा अमेरिकाको लसभेगासमा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस् वर्ल्ड नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने अवसर मिलाइएको छ। त्यसै गरी मिसेस् नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनलको बिजेतालाई सिंगापुरमा हुने मिसेस इन्टरनेसनलमा सहभागिताको लागि अवसर मिलाइएको छ।  

मिसेस वल्र्डमा गत डिसेम्बरमा नेपालको तर्फबाट दिक्षा केसीले सहभागिता जनाएकी थिईन। यस वर्ष मिसेस वल्र्डमा नेपालको तर्फबाट दोश्रो सहभागिता हुनेछ।

अडिसनबाट चयन भई प्रतियोगितामा सहभागी विबाहित सुन्दरीहरुलाई अश्विनी झाले कोरियोग्राफी गर्नेछन् भने विभिन्न विषयका विज्ञहरुबाट नियमित तालिम र प्रशिक्षण दिइनेछ। गंगा महर्जन र सम्राट शाहको संयोजनमा हुने प्रतियोगिताको प्रशिक्षण आगामी भाद्र १८ गतेदेखि नयाँ बानेश्वरस्थित अर्याल इन्टरनेसनल होटलमा हुनेछ।

प्रतियोगिताका अवसरमा अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल तथा गत वर्ष अभिनेत्री गौरी मल्ललाई मानार्थ एमएस इन्टरनेशनलको उपाधिबाट सम्मानित गरिएको थियो भने यस वर्ष पनि फिल्म क्षेत्रको एक ख्यातिप्राप्त अभिनेत्रीलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरिने आयोजकले जनाएका छन्

Categorized in साहित्य-कला