STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मिस नेवाः र लिटिल मिस नेवाःहरुले बाँडे न्यानो माया

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ पौष २२, बिहिबार

नेवार महिलाहरु बीच अति लोकप्रिय तथा प्रतिष्ठित मानिएको मिस नेवाः र लिटल मिस नेवाः का विजेता  मिस नेवाः र लिटिल मिस नेवाः हरुले दोलखा पुगेर त्यहाँका विद्यालयका विद्यार्थीहरुलाई न्यानो माया बाँडेका छन्।मिस नेवाः र लिटिल मिस नेवाहरुले भीमेश्वर नगरपालिका वडा नम्बर २ फूलपामा रहेको फूलपा प्राथमिक विद्यालयका करिब ७० तथा वडा नम्बर १ दामराङमा रहेका सुन्द्रावती आधरभूत विद्यालयका १ सय ३२ विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामाग्री प्रदान गरेका छन्।

गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका सञ्चालक समिति अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धरको पहलमा प्राप्त कपडा तथा शैक्षिक सामाग्री त्यहाँ वितरण गरिएको मिस नेवाः र मिस लिटिल नेवाःको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले जानकारी गराइन्। नेप्लिज फेसन होम, मिस नेवाः, लिटिल मिस नेवाः, लायन्स क्लब अफ काठमाडौं भ्याली टेम्पल, नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघको सहयोगमा नापी कार्यालय दोलखाका प्रमुख तथा नेपाल क्योकुसिन सेईसिन काईकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, गौरीशंकर बहुमुखी क्याम्पस चरिकोटका अध्यक्ष तथा एमाले नेता राजेन्द्र मानन्धर, नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धर लगायतले ती सामग्री विद्यार्थीहरुलाई हस्तान्तरण गरेका थिए। कार्यक्रममा हेमा मानन्धरले नेप्लिज फेसन होमले गरेका कार्यक्रमबाट प्राप्त रकमको २५ प्रतिशत आम्दानी सामाजिक कार्यमा खर्च गर्ने गरेको जानकारी गराइन्।  चिसोको समयमा बालबालिकाहरुलाई कपडा सहयोग गरेकोमा अभिभावकहरुले खुसी व्यक्त गरेका थिए।

Categorized in साहित्य-कला