relans
ni new 83
nib 2082 5

"मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण २१, आइतबार

नेप्लिज फेसन हाेमद्वारा  आयाेजना गर्दै आएकाे "मिस लिटील नेवा:" काे १४ओं संस्करण काे "ट्यालेण्ट शाे राउण्ड” शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान , कमलादीकाे मिनी हलमा सम्पन्न भएकाे छ। नेवार कला, भाषा, संस्कार तथा सस्कृतिकाे जगेर्ना गर्ने उद्देश्यले आयाेजित उक्त कार्यक्रममा प्रमुख अतिथी महिला उद्याेमी तथा साहित्यकार अन्जना ताम्राकारले पानशमा दिप प्रज्वलन गरी कार्यक्रमकाे उद्घाटन गर्नु भएकाे थियाे।

नेप्लिज फेशन हाेमका अध्यक्ष तथा समाजसेवी हेमा मानन्धरकाे सभापतित्वमा भएकाे उक्त कार्यक्रममा नेवार समुदायका जम्मा १९ जना  नेवार बालिकाहरुले सहभागिता जनाएका थिए। १४ वर्ष मुनिका बालिकाहरुले भाग लिएको उक्त ट्यालेण्ट शाेमा सहभागीहरु अविषा महर्जन-नृत्य, विपश्वी मानन्धर-जिम्न्यास्टिक, लुमना महर्जन- नृत्य, सफिना श्रेष्ठ-नृत्य, राेनिशा खड्गी-नृत्य , नुजला शिं महर्जन- नृत्य, ईच्छा महर्जन - नृत्य, मुखु महर्जन- नृत्य, विमीशा डंगाेल-कुमारी नृत्य, वेदान्शी डंगाेल-नृत्य, सुहिना श्रेष्ठ-नृत्य, निलीशा जाेशी- चित्रकला, प्राज्ना महर्जन- चित्रकला, निभा कायष्थ-चित्रकला, रुही महर्जन-कुमारी नृत्य, अनिका महर्जन- नृत्य, ग्रीष्मा राजचल-गायन, लुन्जला महर्जन-कुमारी नृत्य, सुज्याेजी डंगाेल-नृत्य प्रस्तुत गरेका थिए। 

मिस नेवा २०२० बिजेता नितु डंगाेलले सन्चालन गरेकाे उक्त कार्यक्रमकाे विशेष अतिथीमा लिटिल नेवा: आर्या श्रेष्ठ, समाजसेवी सुर बहादुर श्रेष्ठ, किड् क्विन अपेक्षा शेरचन तथा समाजसेवी अनु शेरचनकाे विशेष उपस्थिति रहेकाे थियाे भने साे ट्यालेण्ट शाेकाे निर्णायक मण्डलमा  विश्व क्याेकुशिन सेईसिन काई कराँते महासंघका उपाध्यक्ष तथा नेपालका प्रमुख शिहान अशाेक कुमार श्रेष्ठ, पत्रकार तथा साहित्यकार सृजना दुवाल, महिला उद्योमी तथा समाजसेवी रेश्मा श्रेष्ठ, मिस नेवा: २०२२ बिजेता शलिना महर्जन, फेसन डिजाईनर तथा नायिका शाेभा महर्जन तथा पुर्व मिस नेवा: रेजिशा डंगाेल रहेका थिए। 

१४ आैं संस्करणकाे उक्त "मिस लिटिल नेवा:२०२२" मा संयाेजक मिस नेवा २०२१ बिजेता कृषा महर्जन र उप-संयाेजक प्रदिका महर्जन तथा काेरियाेग्राफरमा मिस नेवा २०२२ विजेता सलिना महर्जन र उप बिजेता प्रिया तण्डुकार रहेका छन्।

Categorized in साहित्य-कला
ppp 2