STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १९, बिहिबार

बूढीगण्डकी जलविद्युत् आयोजनाबाट प्रभावित आरुघाट, गोर्खा र विशालनगर खहरे धादिङ क्षेत्रमा निर्धारण गरिएको मुआब्जामाथि पुनःमूल्याङ्कन गर्नुपर्ने माग गरिएको छ । बूढीगण्डकी जलविद्युत् आयोजना सरोकार समितिको नेतृत्वमा पीडितहरुले उचित मुआब्जा निर्धारण गर्नुपर्ने र नभएमा रोक्का जग्गाको क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्नेलगायत मागसहित आज माइतीघर मण्डलामा धर्नासमेत दिएका छन् । धर्नामा सहभागीहरुले ‘मुआब्जा पुनःमूल्याङ्कन गर’, ‘आयोजना शीघ्र कार्यान्वयन गर’, ‘सुकुम्वासी बनाउने मुआब्जा निर्धारण मूल्य खारेज गर’, ‘घरजग्गाको एकमुष्ट रकम निर्धारण गर’, ‘पुनर्वासको ग्यारेण्टी होस्’ र ‘आरुघाट नमूना बजारको व्यवस्था गर’ लेखिएका प्ले कार्ड बोेकेका थिए ।
Categorized in राष्ट्रिय