मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य प्रस्तावित
Janjati Khabar – Janjati Khabar | २०७७ पौष १०, शुक्रबार
बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।
नेकपा प्रचण्ड–माधव नेपाल समूहले आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्तावमा अबको मुख्यमन्त्रीमा शाक्यलाई प्रस्ताव गरेको हो ।
आज साढे ११ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्तावमा ४५ जनाले हस्ताक्षर गरेका छन् ।
उनीहरुले शाक्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गर्दै विपक्षी दलसँग संवाद अगाडि बढाएका छन् । शाक्य पहिला पनि मुख्यमन्त्रीको दाबेदार थिइन् ।
त्यतिबेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले डोरमणि पौडेललाई उम्मेदवार बनाएपछि शाक्य संसदीय दलमा पराजित भएकी थिइन् । झिनो मतले पराजित शाक्य नेकपाको स्थायी समिति सदस्य तथा बागमती प्रदेश इञ्चार्ज हुन् ।
Categorized in राजनीति

