STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मेयर बालेनको स्पष्टीकरण : प्रसव पीडामा रहेकीलाई ट्राफिकको हप्काई दप्काइ

Janjati Khabar – Janjati Khabar | २०८० भाद्र १७, आइतबार

काठमाडौं - काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन)ले शनिबार राति फेसबुक स्टाटसमा पोष्ट गरेको विषयमा पैदा भएकाे विवादका विषयमा सचिवालयमार्फत स्पष्टीकरण दिएका छन् ।

उनको स्वकिय सचिवालयका स्वकीय सचिव भुपदेव शाहले बुधबार प्रसव पीडामा रहेकी मेयर शाहकी पत्नीलाई अस्पताल लैजादै गर्दा भएकाे सवारीसाधन चेकजाँचका क्रममा ट्राफिकले रुखो बोलेर हप्काई दप्काइ गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर मेयर पत्नी सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको पनि भनिएकाे छ । साथै, आपतकालीन अवस्थाबारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर ठूलो अपराधीलाई जस्ताे केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार गर्न जरुरी रहेकाे पनि भनिएकाे छ ।

शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘सार्वजनिक यातायात सुव्यवस्थाका लागि कर्तव्यमा रहँदा ट्राफिक प्रहरीका आचरणप्रति आमनागरिक विश्वस्त हुन सक्नुपर्छ । प्रहरीबाट सबै सधैं सुरक्षित हुन्छन् भन्ने विश्वास जगाउनु पर्छ । कर्तव्य पालनाका क्रममा मादकपदार्थ, गुट्खालगायत सुर्तीजन्य पदार्थ सेवन गर्ने, सवारीसाधन जाँच गर्दा रुखो बोलेर हप्काई दप्काइ गर्ने व्यवहार भयो । कानूनको उल्लङ्घन भएको भए चिट काटेर आवश्यक कारबाही गर्ने वैधानिक बाटो छोडेर सविना काफ्लेलाई अस्वाभाविक प्रश्न गरिएको थियो । आपतकालीन अवस्थाको बारेमा जवाफ दिँदा पनि ‘मैले चाहें भने यतै राख्न सक्छु’ भनेर धम्की दिने, कुनै ठूलो अपराध गरेका व्यक्तिलाई केरकार गरिएको शैलीले सोधपुछ गर्ने आचरणमा सुधार हुनु जरुरी छ । यस विषयमा गृह प्रशासनले सुनियोजित तरिकाले सञ्चारमाध्यमहरूलाई भ्रामक सूचना दिइ समाचार सम्प्रेषण गरेकोमा खेद समेत प्रकट गर्न चाहन्छौं ।’

विज्ञप्तिमा शिशुलाई स्तनपान गरेर राति ९ जबे फर्कदै गर्दा कोटेश्वरमा सवारी चेकजाँचमा परेको पनि उल्लेख गरिएको छ । सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भए पनि विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नुपरेको सवारी चालकले ट्राफिकलाई अनुरोध गरे पनि ट्राफिक प्रहरीले झन रुखो व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

Categorized in राजनीति