STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

मोरङकी एक युवतीको ‘आरडिटी’ पोजेटिभ

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार

काठमाडौं– कोरोना संक्रमण रोकथामको लागि सरकारले र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटी परीक्षण)लाई तिब्र बनाएको छ । यो सँगै यस टेष्टमा पोजेटिभ देखिनेहरु पनि भेटिँदैछन् । यसैक्रममा मोरङकी एक युवतीमा पनि कोरोना भाइरसको एन्टिबडी पोजेटिभ देखिएको छ । २४ दिनअघि भारतको बैंग्लोरबाट फर्किएकी ती युवतीको बिहीबार आरडिटी विधिबाट परीक्षण गरिएको थियो । उनी भारतबाट फर्किएदेखि ‘होम क्वारेन्टाइन’मा बस्दै आएकी थिइन् । युवतीलाई विराटनगरको कोशी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । उनको पिसिआर परीक्षण अस्पतालकै प्रयोगशालामा हुँदैछ । आरडिटी विधिको परीक्षणमा पोजेटिभ देखिए पनि पिसिआर विधिबो परीक्षणमा कोरोना भाइरसको संक्रमण नेगेटिभ पनि आउनसक्छ ।
Categorized in राष्ट्रिय