मौलिक बाजा प्रशिक्षणमा थांबहाः दाफा खलः सिन्धुपाल्चोकका नेवार समुदायलाई सिकाइने
Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ३, शुक्रबार
प्रशिक्षणको लागि चाहिने बाजाहरुको जोरजाम भइसकेको जानकारी दिंदैं समितिका अध्यक्ष श्रेष्ठले मौलिक नेवारी पोशाकहरु पनि तयार भइसकेको बताउनुभएको छ । अध्यक्ष श्रेष्ठले बलेफी बजार सिन्धुपाल्चोकका बच्चादेखि युवासम्म गाउँकी चेली–बुहारीहरुलाई उक्त बाजाको प्रशिक्षण दिइने जानकारी दिंदै दशैंको आसपासदेखि नेवारी परम्परा अनुसार नासः द्यः अर्थात् नृत्यनाथको पूजाविधिबाट प्रशिक्षण सुरु गर्ने जानकारी पनि दिनुभयो ।
यस्तै कीर्तिपुर १ वडास्थित थांबहाः दाफा खलःबाट धिमे तथा खिं र मादल बाजामा प्रशिक्षणमा प्रशिक्षकको रुपमा सम्भवतः गुरुको रुपमा राजेन्द्र महर्जन, विजय महर्जन, नरेश महर्जन र अन्य तालबाजा गुरुहरु एवं बाँसुरी प्रशिक्षण गुरुको रुपमा राजेश महर्जन नेवाः र अन्य बाँसुरीका गुरुवर्गहरु बलेफी बजार सिन्धुपाल्चोक जानुहुनेछ ।
स्मरणीय रहोस्, कीर्तिपुर नगरपालिका १ वडास्थित थांबहाः दाफा खलःले कीर्तिपुरको तुँझ्वः, भरियाँपुखुसी, चिथु विहार, बाघभैरवस्थान, क्वछेँ, सागल, नगाउँमा धिमेबाजा तथा बाँसुरी बाजाको प्रशिक्षण दिइसकेका छन् भने कीर्तिपुर बाहिर गाम्चा, सेतीदेवी, पालुङ्ग, सिरं नैकाप, तापाख्यः, बोसिगां इत्यादी स्थानमा उक्त धिमे, खिं तथा बाँसुरी बाजाको प्रशिक्षण दिइसकेका छन् भने अब सिन्धुपाल्चोकको बलेफी बजारमा प्रशिक्षण दिने क्रममा थांबहाः दाफा खलःको तयारी रहेको छ ।
Categorized in सिनेमा


