STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्याग्दीको खयरबराही क्षेत्रमा दूध कुण्ड भेटियो

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन २७, सोमबार

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा पर्ने खयरबराही क्षेत्रमा दूध कुण्ड फेला परेको छ । पर्यटकीय र धार्मिक हिसाबले चर्चित खयरबराही क्षेत्रमा स्थानीय लालवीर तिलिजाको अगुवाइमा निकै आर्कषक दूध कुण्ड फेला परेको हो । स्थानीय बुद्धिबहादुर तिलिजाले जोखिम मोलेर करीब पाँच घण्टाको पैदलयात्रा पछि कुण्ड फेला पारेको खयरभारानी थान तथा क्षेत्र संरक्षण कोषका संयोजक राजु पुनले बताउनुभयो । गत असोज ४ गते शनिबार कुण्ड फेला परेको उहाँको भनाइ छ । यहाँको प्रमुख आर्कषण अन्नपूर्ण हिमालको पूर्वी मोहोडाको फेदीमा समुद्री सतहदेखि चार हजार ६३० मिटरको उचाइमा अवस्थित खयरताल र नजिकै रहेको खयर बाराही मन्दिर हो । खयरबराह ताल नजिक रहेको मन्दिरका साथै आसपासका चार वटा सहायक मन्दिरमा पूजा गरेपछि तालमा पुगेर आफ्नो नाम दिएर चर्को स्वरमा बर माग्ने प्रचलन रहेको छ ।  
Categorized in राष्ट्रिय