STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

म्याद नाघेका खाद्यवस्तु नष्ट

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र २८, बिहिबार

जिल्ला सदरमुकाम सिमकोट बजारमा म्याद गुज्रेका खाद्यवस्तु पाइएपछि एक वर्षपछि बुधबार सिमकोट बजार अनुगमन गरिएको हो । म्याद गुज्रेका खाद्यवस्तुको बिक्री–वितरण भइरहेको जनगुनासो बढेपछि सिमकोट तल्लो बजार र माथिल्लो बजार आसपासका पसल तथा होटलमा अनुगमन गरेर म्याद गुज्रेका खाद्यवस्तु बरामद गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भुजा, मसला, सुर्तीजन्य वस्तु, चियापत्ती, बिस्कुटलगायत खाद्यवस्तु म्याद नाघेको अवस्थामा फेला परेका बताइएको छ । स्थानीय उपभोक्तालाई झुक्याएर उक्त खाद्यवस्तुको बिक्री–वितरण हुने गरेको पाइएको प्रशासनले जनाएको छ । सहायक प्रजिअ महेशकुमार पोखरेलको नेतृत्वको अनुगमन टोलीले बुधबार १६६ वटा पसल तथा होटलको अनुगमन गरेको छ । दर्ता नभएका पसललाई १५ दिनभित्र दर्ता गराउन अनुगमन टोलीले निर्देशन दिएको छ । अनुगमन टोलीबाट बरामद भएका खाद्यवस्तु विभिन्न कार्यालयका कार्यालय प्रमुख र पत्रकारको रोहवरमा नष्ट गरिएको सहायक प्रजिअ पोखरेलले जानाकारी दिनुभयो ।
Categorized in राष्ट्रिय